कोरोना संक्रमणबाट प्रदेश–२ मा ५२ जनाको मृत्यु, पर्सामा मात्रै २५ जना
मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश–२ प्रभावित भएको छ। देशभर १२६ जनाको मृत्यु भएकोमा झण्डै आधा प्रदेश–२ का मात्रै छन्।
प्रदेश–२ मा ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस प्रदेश अन्तर्गतका आठै जिल्ला कोरोना संक्रमणको चपेटामा छन्। आठ मध्ये पर्सा धेरै प्रभावित बनेको छ।
पर्सामा मात्रै २५ जनाको ज्यान गइसकेको छ भने धनुषामा नौ जनाको मृत्यु भएको छ। बारामा ६, सप्तरीमा चार, रौतहटबाट तीन, महोत्तरी र सिरहाबाट दुई÷दुई र सर्लाहीमा एक जनाको मृत्यु भएको छ।
बिहीबारसम्म यो प्रदेशमा संक्रमित संख्या आठ हजार ६३ पुगेको छ। संक्रमित मध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ।