सुनिताको ‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक
कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शिव परियारको स्वरमा रहेको गीतमा राजु सिंहको संगीत छ। संगीतकार राजु सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरेको बताए। उनले भने, “नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भयो।”
शिव परियारको निर्माणमा बनेको ‘लौ न बोलिदेऊ’ को म्युजिक भिडियो गायक परियारको युट्युव च्यानल शिव परियार मार्फत् सार्वजनिक भएको छ। यो गीत उनको गायक परियारको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहने गायकले बताएका छन्।
म्युजिक भिडियोमा भारतीय रियालिटी शो डान्स इन्डिया डान्स–२०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस–२०१८ का फस्र्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय छ।
रिदम कँडेलको संगीत संयोजन र एचबीएन किस्मतको मिक्सिङ र गोङग्बाको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।