भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २९ लाख नाघेको छ। बिहीबार ६८ हजार ५ सय ७ जनामा संक्रमण पहिचान भएसँगै कुल संक्रमितको संख्या २९ लाख ४ हजार ३ सय २९ पुगेको हो।
बिहीबार थपिएका संक्रमितमा महाराष्ट्रमा मात्रै १४ हजार ६ सय ४७ जनामा संक्रमण देखिएको थियो। यो सँगै महाराष्ट्रमा मात्रै संक्रमितको संख्या ६ लाख ४३ हजार २ सय ८९ पुगेको छ। जसमध्ये ४ लाख ५८ हजार १ सय २४ जना संक्रमणमुक्त भएका छन् भने २१ हजार ३ सय ५९ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमणबारे तथ्यांक राख्ने वर्ल्डोमिटरका अनुसार, भारतभरि संक्रमणबाट ५४ हजार ९७५ जनाको मृत्यु भइसकेको छ। बिहीबार मात्र ९ सय ८१ जनाको ज्यान गएको थियो।
भारतमा कुल संक्रमितमध्ये २१ लाख ५७ हजार ९ सय ४१ संक्रमणमुक्त भएका छन्। हिजो मात्र ६१ हजार ८ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका थिए।
त्यहाँ अब सक्रिय संक्रमितको संख्या ६ लाख ९१ हजार ४ सय १३ छ। जसमध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य स्थिति जटिल छ।