कोरोना अपडेटः संक्रमणबाट निको हुने सुदूरपश्चिममा धेरै
कोरोना संक्रमणबाट निको हुनेमा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा धेरै छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार, सुदूरपश्चिम प्रदेशमा संक्रमणपछि निको हुनेको संख्या धेरै छ।
अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा चार हजार ३४६ संक्रमित निको भएर घर फर्किएका छन्। निको हुने व्यक्तिको संख्या बागमती प्रदेशमा सबैभन्दा कम ७२४ मात्र छ ।
चार भदौसम्मको तथ्यांक अनुसार, कोरोना संक्रमण पछि निको हुनेमा प्रदेश–१ मा एक हजार १४४, प्रदेश–२ मा तीन हजार ८७७, गण्डकी प्रदेशमा एक हजार ५७५, प्रदेश–५ मा चार हजार ३२८ र कर्णाली प्रदेशमा एक हजार ९७० छन्।
सातै प्रदेशमा निको हुनेको संख्या १७ हजार ९६४ छ। १ भदौसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणपछि निको हुने चार हजार २०७ थियो। २८ साउनसम्म निको हुने संख्या चार हजार ५८ थियो।
१५ साउनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई हजार ९७३ थियो। १५ दिनको अन्तरमा कोरोना संक्रमणपछि निको हुने संख्या एक हजार २३४ ले बढेको छ।