दोभाषे बनेर सन्दीप लामिछानेले बढाए पाकिस्तानी समर्थक
नेपालका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रन्चाइजीका अनिवार्य सदस्य बनिसकेका छन्। यसपटक क्यारेबिनय प्रिमियर लिग (सीपीएल) मा आफ्नो करिअरको कीर्तिमानी मूल्यमा खेलिरहेका छन्।
सीपीएलको तेस्रो सिजनका लागि सन्दीप ९० हजार अमेरिकी डलरमा जमैका तल्लाहवाजका लागि अनुबन्धित छन्। सन्दीप आवद्ध टीम जमैकाले पहिलो खेल सेन्ट लुसिया विरुद्ध बुधबार राति खेल्यो।
जमैकाले विजयी शुरुवात गर्दा सन्दीपले टीमकै लागि उत्कर्ष प्रदर्शन गरे। ५.८ को इकोनोमीमा एक विकेट लिएका सन्दीपले महत्वपूर्ण साझेदारी तोडे। जमैका पाँच विकेटले विजयी हुँदा पाकिस्तानका मध्यक्रमा ब्याट्म्यान आसिफ अली प्लेअर अफ दी म्याच बने।
अली २७ बलमा बिस्फोटक ४७ रन जोड्दै अविजित रहेका थिए। तर, जब अली प्रतिक्रिया मञ्रचमा पुगे, सँगै थिए सन्दीप लामिछाने पनि। यसको कारण थियो, अलीलाई अंग्रेजी नआउनू।
हिन्दी र अंग्रेजी दुवै राम्राे जान्ने भएकाले सन्दीपले पुरस्कार बितरणका क्रममा दोभाषेको काम गरे। अलीले सीपीएल खेलिरहँदा आफूमा भाषाको समस्या भएको र त्यो अभाव सन्दीपले पूरा गरिदिएको प्रतिक्रिया दिए।
हिन्दी र अंग्रेजी दुवै राम्राे जान्ने भएकाले सन्दीपले पुरस्कार बितरणका क्रममा दोभाषेको काम गरे। अलीले सीपीएल खेलिरहँदा आफूमा भाषाको समस्या भएको र त्यो अभाव सन्दीपले पूरा गरिदिएको प्रतिक्रिया दिए।
आफ्नो देशको राष्ट्रिय टीमका खेलाडीका लागि दोभाषे भूमिकाका कारण पाकिस्तानमा सन्दीपको समर्थक बढेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। सात महीना अगाडि पनि सन्दीपले पाकिस्तानी क्रिकेटरका लागि दोभाषे काम गरेका थिए।
अष्ट्रेलियामा सकिएको बिग बास लिगमा पाकिस्तानी बलर हरिस रुफका लागि दोभाषे काम गरेका थिए।