निषेधाज्ञामा सुनसान उपत्यका
काठमाडौंमा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएपछि उपत्यकाका तीन वटा जिल्लामा गए रातिबाट लागू गरिएको निषेधाज्ञामा निकै कडाइ गरिएको छ। अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउँदै हिंडडुल र आवागमनमा रोक लगाइएका कारण उपत्यकाका मुख्य सडक सुनसान छन्। निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। सडकमा पैदलयात्रु समेत अत्यन्त न्यून देखिएका छन्। निषेधाज्ञा उल्लंघन गर्नेलाई 'होल्डिङ सेन्टर'मा केही समय रोकेर छाड्ने गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता, एसएसपी कुवेर कडायतले तीन वटै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञामा कडाइ गरिएको हिमालखबरलाई बताए।
थप सामग्री : https://www.himalkhabar.com/news/117391