इन्डोनेसियामा ६.३ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ ।
भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरूले स्पष्ट पारेका छन् ।
स्थानीय समय अनुसार दिउँसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरूले जनाएका छन् ।
‘अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,’ एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए ।
प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको उल्लेख नभएको समाचारमा जनाइएको छ । –सिन्ह्वा