निषेधाज्ञामा यस्तो छ काठमाडौं उपत्यका
काठमाडौंमा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएपछि उपत्यकाका तीन वटा जिल्लामा गए रातिबाट लागू गरिएको निषेधाज्ञामा निकै कडाइ गरिएको छ।
अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउँदै हिंडडुल र आवागमनमा रोक लगाइएका कारण उपत्यकाका मुख्य सडक सुनसान छन्। निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। सडकमा पैदलयात्रु समेत अत्यन्त न्यून देखिएका छन्। निषेधाज्ञा उल्लंघन गर्नेलाई 'होल्डिङ सेन्टर'मा केही समय रोकेर छाड्ने गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता, एसएसपी कुवेर कडायतले तीन वटै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञामा कडाइ गरिएको हिमालखबर लाई बताए।
बन्दाबन्दीमा भन्दा निषेधाज्ञामा आवागमनमा कडाइ गरिएको छ। अत्यावश्यक सेवा अन्तर्गतका काममा जानेलाई नरोक्ने निर्णय गरिए पनि प्रहरीले ब्याङ्कका कर्मचारीलाई समेत रोकेको छ। हिमालखबरकर्मी कलंकी पुग्दा ब्याङ्कका कर्मचारीलाई रोकेर होल्डिङ सेन्टरमा राखिएको थियो।
तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार राति १२ बजेदेखि १० भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन्।
उक्त आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरीदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन मिल्दैन। यस्तै, निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तु बाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न तथा निजी र तथा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न पाइँदैन।
यी आदेशको उल्लंघन गर्नेलाई एक महीनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ।
यस्तो देखियो उपत्यकामा निषेधाज्ञाको पहिलो दिन: