‘महामारीबीच धेरै देशले आन्तरिक उडान खुलाइसके, हामी पनि खोलिहालौं’
नेपाली हवाई क्षेत्रमा २३ वर्षदेखि सेवा दिंदै आएको बुद्ध एअर देशको अग्रणी वायुसेवा कम्पनी हो। यो वायुसेवाले सन् २०१९ मा यात्रु सेवाका हिसाबले आन्तरिक उडानमा ५० प्रतिशतभन्दा बढीको हिस्सा ओगटेको थियो। कोरोना संक्रमण महामारीको जोखिमका कारण सरकारले हवाई उडान बन्द गर्ने समय १५ भदौसम्म लम्ब्याएको छ। महामारीका कारण ५ महीनादेखि बन्द समग्र हवाई क्षेत्रले भोगिरहेको समस्या लगायत विषयमा बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुुर बस्नेतसँग हिमालखबरका राजु बास्कोटाले गरेको कुराकानीको सारसंक्षेपः