वागमतीले पार गर्यो सतर्कता तह
वागमती नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान केन्द्रका अनुसार काठमाडौंको गौरीघाटस्थित वागमती नदीमा रहेको स्वचालित बाढी मापन यन्त्रले अहिले वागमतीमा पानीको तह १.५९ मापन गरेको छ।
उक्त स्थानमा नदीको सतहमा पानीको तह १.५ मीटरभन्दा माथि पुगेपछि सतर्कताका लागि सूचना जारी गरिन्छ। गौरीघाटमा पानीको तह २ मिटर पार गरेपछि खतराको तह पार गरेको मानिन्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वागमतीको जलाधार सुन्दरीजलमा अहिले वर्षा भइरहेको छ। उक्त स्थानमा रहेको स्वचालित बर्षामापन केन्द्रका अनुसार ३ घण्टामा ३.६ मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो ६ घण्टामा त्यस क्षेत्रमा २३ मिलिमिटर वर्षा भएको छ।