काठमाडौं उपत्यकामा देखियो थप १५९ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै देशभर ६८१ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका जिल्लाहरू काठमाडौंमा १३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन्।
तीमध्ये काठममाडौंमा ४५ महिला र ८९ पुरुष, ललितपुरमा ७ महिला र १० पुरुष तथा भक्तपुरमा २ महिला र ६ पुरुष रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल आईसीयूमा १३१ जना छन् भने भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ।