पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यले भक्तपुर सूर्यविनायककी उनको आज बिहान मृत्यु भएको पुष्टि गरे।
डा. शाक्यका अनुसार, ती महिला क्यान्सरबाट ग्रस्त थिइन्।
२० साउनमा पाटन अस्पतालमा भर्ना भएकी उनको कोरोना संक्रमणपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो।