गिरोहले पार्टी सञ्चालन गरे खतरनाक हुन्छ : नेता कोइराला
नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् ।
नेपाली काङ्ग्रेस चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।”
नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बबताए ।
एक फरक प्रसंगमा नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए ।
नेपालमा गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको र कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने उनको भनाइ छ ।