काठमाडौं उपत्यकामा भोलि रातिदेखि एक सातासम्म निषेधाज्ञा
कोरोना संक्रमणको जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकामा ३ भदौ राति (भोलि १२ बजे) देखि एक सातासम्म निषेधाज्ञा आदेश जारी गरिएको छ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिहरूको संयुक्त बैठकले गरेको निर्णयअनुसार यस्तो आदेश जारी गरिएको हो।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरू सहभागी भएको बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मंगलबार राति नै निषेधाज्ञाको आदेश जारी गरेका छन्।
आदेशमा अत्यावश्यक सेवाबाहेक अन्य कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ।