राष्ट्रकवि घिमिरेको आजै दाहसंस्कार गरिने
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्रेसर र सुगर रोगले ग्रस्त राष्ट्रकवि घिमिरेको स्वास्थ्य पछिल्लो दुई सातायता गम्भीर बनेको थियो।
वि.सं. ७ आश्विन १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेका कविता, नाटक, यात्रा, संस्मरण र निबन्धहरू प्रकाशित छन्।
रोगले समस्या उत्पन्न भएपछि घिमिरेको केही महीनायता ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो। कोरोना महामारीले अस्पतालमै बस्ने र आउने जाने गर्न समस्या हुने भएपछि घरमै आएर चिकित्सकहरूले उपचार सेवा दिइरहेको घिमिरेकी छोरी मञ्जु अधिकारीले हिमालखबरलाई जानकारी दिइन्।
अधिकारीका अनुसार राष्ट्रकवि घिमिरेको आजै अन्तिम दाहसंस्कार गरिने भएको छ। "आजै अन्तिम दाहसंस्कारको तयारी भइरहेको छ, आफन्तहरू आउँदै हुनुहुन्छ," अधिकारीले हिमालखबरसँग भनिन्।
घिमिरेका ६ छोरी र २ जना छोरा छन्।