राजश्व बोर्ड गठन, पूर्वसचिव दाहाल अध्यक्ष नियुक्त
सरकारले राजश्व बोर्ड गठन गरेर त्यसको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ। सरकारले पुस २०७६ मै बोर्ड गठन गर्ने बताएको थियो।
सोही बोर्डलाई अहिले गठन गरेर पदाधिकारी पनि नियुक्त गरेको हो। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवाडाले २ साउनमा सार्वजनिक गरेको मन्त्रिपरिषद्को बैठकले सो बोर्ड गठन गरेको बताए। बोर्डमा दुइ पदाधिकारी पनि नियुक्त गरेको जानकारी उनले दिएका छन्। बोर्ड सदस्यमा निर्मलहरि अधिकारी नियुक्त भएका छन्।
राजश्व सम्बन्धि विवाद समाधान गर्न यो बोर्ड गठन गरिएको उल्लेख छ। बोर्डको माग व्यवसायीले नै गर्दै आएका थिए। व्यवसायीहरूले हरेक वर्ष बजेट सुझाव दिँदा यो माग समेट्ने सरकारलाई आग्रह गर्दै आएका छन्।
लामो समयपछि सरकारले राजस्व बोर्ड गठन गरेर राजश्व विवाद सम्बन्धी समस्याको समाधान दिने संरचना बनाएको हो।
बोर्डले संरचनात्मक, नीतिगत र व्यवसायमैत्री कर प्रशासन विकास गर्ने उल्लेख छ। बोर्डले कर सुधारका बारेमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने र त्यसालाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। सरकारले नयाँ राजश्व बोर्डले हालको राजश्व परामर्श समितिलाई प्रतिस्थापन गर्छ।