२४ अर्ब ऋण र ४ अर्ब अनुदान लिने सरकारको निर्णय
सरकारले एसियाली विकास ब्यांकबाट रु.२४ अर्ब (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ। सासेक विद्युत प्रसारण र विद्युत प्रणालीका लागि एडीबीबाट उक्त ऋण लिने निर्णय गरेको हो।
अन्तरदेशिय प्रसारण तथा वितरण प्रणालीका लागि सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा यो ऋण लिने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए।
१ भदौमा मन्त्रिपरिषदले गरेको निर्णय २ भदौमा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, "नर्वे सरकारबाट प्राप्त हुने रु.४ अर्ब अनुदान पनि स्वीकार गर्ने निर्णय गरिएको छ।"
चालू आर्थिक वर्षको बजेटमा सरकारले रु २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने उल्लेख गरेको छ। यस्तो ऋणमा वैदेशिक अनुदान मात्रै रु.६० अर्ब ५२ करोड हुने अनुमान सरकारको छ।