कास्कीमा आजदेखि ७ भदौसम्म निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय कास्कीले आज (मंगलबार) राति १२ बजेदेखि ७ भदौ मध्यरातसम्म निषेधाज्ञा जारी गरेको छ।
कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणको लागि सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले निकालेको सूचनामा उल्लेख छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।
यो अवधिमा हिंडडुल गर्न, सभा जुलुस, जात्रा, महोत्सव तथा धर्म संस्कृति अनुसारका कार्यक्रमहरु गर्न, क्वारेन्टिनका लागि तोकिएका बाहेक अन्य होटल तथा रेष्टुरेन्टहरु खोल्न पाइने छैन। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको सूचनामा खाद्यान्न, फलफूल, तरकारी, माछामासु, डेरीजन्य पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने उल्लेख छ।