च्याम्पियन्स लिगको सेमिफाइनल खेल आजबाट, पीएसजी र लाइपजिग भिड्दै
आजबाट यूराेपेली च्याम्पियन्स लिगको सेमिफाइनल खेल शुरु हुँदैछन्। पहिलो खेल पीएसजी र लाइपजिगबीच हुनेछ। खेल आज राति पौने एक बजे शुरु हुनेछ।
कोभिड–१९ को महामारीका कारण केही समय रोकिएर दर्शक बिना भइरहेको लिगमा पीएसजीले एटलान्टा र लाइपजिगले एटलेटिको मड्रिडलाई क्वाटरफाइनलमा पराजित गरेका थिए। दुवै टीम पहिलो पटक च्याम्पियन बन्ने रणनीतिका साथ मैदान उत्रनेछन्।
बायर्नले भने पाँच पटक उपाधि जितेको छ। अर्को पाँच पटककै च्याम्पियन बार्सिनो बाहिरिएको छ।
सेमिफाइनलकाे दोस्रो खेल भने भोलि हुनेछ। दोस्रो खेलमा बायर्न र लियोनबीच प्रतिश्पर्धा हुनेछ। यी दुवै टीमले बलिया क्लबहरु बार्सिलोना र म्यानचेस्टर सिटीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्। बायर्नले बार्सिलोना विरुद्ध ८–२ कीर्तिमानी जित निकालेको थियो। सिटी विरुद्ध लियोनले पनि रोचक जित निकालेको थियो।
उपाधि होडमा रहेका चार टीममध्ये बायर्न मात्रै च्याम्पियन्स लिगको उपाधि विजेता टीम हो। बायर्नले भने पाँच पटक उपाधि जितेको छ। अर्को पाँच पटककै च्याम्पियन बार्सिलाेना भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।
यसपटक डिफेन्डिङ च्याम्पियन लिभरपुल अन्तिम १६ बाटै बाहिरिएको थियो भने सर्वाधिक उपाधि विजेता टीम रियल मड्रिड पनि अन्तिम १६ बाटै बाहिरिएको थियो।