कोरोना अपडेट: प्रदेश-२ मा निको हुनेभन्दा सक्रिय संक्रमितको संख्या धेरै
प्रदेश-२ मा कोरोना संक्रमण निको हुने भन्दा सक्रिय संक्रमितको संख्या धेरै देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याक अनुसार प्रदेश–२ मा कोरोनाबाट निको हुने भन्दा सक्रिय संक्रमितको संख्या धेरै रहेको देखिएको हो।
स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार १ भदौसम्ममा प्रदेश–२ मा कोरोनाबाट निको हुनेको संख्या ३७१० छ। तर कोरोनाका सक्रिय संक्रमितको संख्या ४०३७ पुगेको छ। यस्तै प्रदेश–२ मा कोरोनाका कारण ४८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयको १७ साउनसम्मको तथ्यांक अनुसार प्रदेश–२ मा कोरोनाका सक्रिय संक्रमितको संख्या २०६६ थियो भने ९ साउनसमा १९०१ मात्र थियो। त्यस्तै २ साउनमा प्रदेश–२ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १८८६ थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या २७२४१ पुगेको छ। यीमध्ये ९६३९ कोरोनाका सक्रिय संक्रमित छन्। १ भदौसम्ममा कोरोनाबाट निको हुनेहरूको संख्या १७४९५ र मृत्यु हुनेको संख्या १०७ पुगेको छ।
कोरोनाका सक्रिय संक्रमितको संख्या कर्णाली प्रदेशमा सबैभन्दा कम २२३ जना मात्रै छ।