बागमती प्रदेश सभा उपसभामुखलाई कोरोना संक्रमण पुष्टि
बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुुष्टि भएको छ। हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा दिएको उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो।
उनी उपसभामुखको सरकारी निवास हेटौंडामै आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ। उनलाई सामान्य रुघाखोकी देखिए पनि अन्य स्वास्थ्य समस्या भने नदेखिएको सचिवालयले जनाएको छ।