माइक्रोको ठक्करबाट बालकको मृत्यु
मोरङको सुन्दरहरैचा नगरपालिका–८ मा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नम्बरको हायसको ठक्करबाट धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीको मृत्यू भएको हो ।
उक्त माइक्रो अनियन्त्रित भई पिपलको रुपमा ठोक्किँदा मक्रान्ती च्यापिएका थिए ।
मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।
दुर्घटनामा गम्भिर घाइते भएका माइक्रोबसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियारको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ ।
चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेका थिए ।