वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना संक्रमण
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको रिपोर्ट आज आएको हो।
स्वाब रिपोर्ट पोजेटिभ देखिएको उनका सचिवालयले जनाएको छ। हेटौडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन्।
कोरोना संक्रमण पुष्टि भएपनिसामान्य रुघाखोकी बाहेक अरु लक्षण नदेखिएको उनको सचिवालयले जनाएको छ। उनी सहित मकवानपुरमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।