काठमाडौं उपत्यकामा थप १६८ जनालाई देखियो कोरोना संक्रमण
काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार पनि काठमाडौंमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो।
सोमबार देशैभर गरी ५८१ जना कोरोनाका संक्रमितहरू थपिएको छ।
साथै देशभर ११३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ६ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ।
प्रदेश-१ मा २ जना, प्रदेश-२ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकीमा १ र प्रदेश-५ मा ११ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। भेन्टीलेटरमा राखेर उपचार भइरहेका ६ जना नै बागमती प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ।