संवैधानिक नियुक्तिबारे ओली, दाहाल र देउवाबीच छलफल, जुटेन सहमति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल भएको छ। सभापति देउवा नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालसँग सभापति देउवाले नियुक्तिबारे छलफल गरेका हुन्। तर, छलफल निष्कर्षमा भने नपुगेको बैठक स्रोतले जनाएको छ।
आदिवासी, समावेशी, महिला, मानवअधिकार, दलित लगायत आयोगमा पदाधिकारी रिक्त छन्। आयोगसँगै विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल भएको थियो।
ओली, दाहाल र देउवाबीचको छलफलमा सहमति नजुटेपछि फेरि बस्नेगरी छलफल सकिएको छ।