ओलीले बैठक स्थगित गर्नु विधि विपरीत भएकाे स्थायी कमिटीका बहुमत सदस्यहरुकाे निष्कर्ष
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटीका बहुमत सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्व निर्धारित बैठक स्थगित गर्नु विधि विपरीत र अनुचित भएकाे निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री ओलीकाे अनुपस्थितिमा बसेको स्थायी कमिटी बहुमत सदस्यहरुकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट पार्टी एकताको रक्षा गर्न र पार्टीलाई विधि सम्मत तरिकाले चलाउनका लागि नेता कार्यकर्तालाई आग्रह गरिएकाे बताए।