काठमाडौं उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ।
काठमाडौं उपत्यकासहित देशैभर ६४१ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। त्यसमध्ये २१८ जना महिला र ४१३ जना पुरुष रहेका छन्।
त्यसैगरी देशैभर १०० जनाको आईसीयूमा उपचार भइरहेको छ भने ६ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा प्रदेश-२ मा ४१ जना, वागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा एक जना र प्रदेश-५ मा ११ जना आईसीयूमा उपचार भइरहेको छ। वागमती प्रदेशमा ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। एकजना पुरुषको पर्सामा र मोरङमा एकजना महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।