च्याम्पियन्स लिगबाट म्यानचेस्टर सिटी बाहिरियो, लियोन सेमिफाइनलमा
यूरोपियन च्याम्पियन्स लिगको क्वाटर फाइनलबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी बाहिरिएको छ। फ्रान्सेली क्लब लियोनसँग तीन–एक गोल अन्तरले पराजित हुँदै सिटी बाहिरिएको हो।
खेलको २४औं मिनेटमा अग्रता लिएको लियोन विरुद्ध गोल गर्ने थुप्रै अवसर गुमाएको सिटी अन्ततः स्तब्ध बन्यो। सिटीका लागि एक मात्र गोल केभिन बुर्नेले गरे। पहिलो हाफमा एक–शून्यको अग्रता बनाएको लियोन विरुद्ध ६९औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए।
तर, २४औं मिनेटमा म्याक्वेल कर्नेटले गोल गर्दै अग्रता दिएको लियोनका लागि ७५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मौउसा डेम्बेलेले लगातार दुई गोल गरे। डेम्बेलेले ७९औ र ८७औं मिनेटमा गोल गरेका थिए। डेम्बेलेले दुवै गाेल काउन्टर अट्याकमा गरेका हुन्।
त्यसपछि पनि गोल फर्काउने अवसर सिर्जना गरे। तर, गोल गर्न सकेन। सिटीले कर्नर मात्रै एघार पटक प्रहार गर्दा लियोनले जम्मा तीन पटक कर्नर पाएका थिए। ७२ प्रतिशत खेल कब्जामा राखेको सिटी अन्ततः लिगबाट बाहिरिएको छ।
अवे गोलका आधारमा यूभेन्टसलाई पराजित गर्दै क्वाटर फाइनल आइपुगेको लियोन भने अघिल्लो चरणमा पुगेको छ। अब लियोनले फाइनल पुग्न बायर्नसँग प्रतिश्पर्धा गर्नुपर्नेछ।