भक्तपुरको थिमी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
भक्तपुरको थिमी नगरपालिकामा कोरोना संक्रमणको बढ्दो दरलाई मध्येनजर गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन्।
शनिवार नगरप्रमुख मदनसुन्दर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भोलीदेखि लागू हुनेगरी ९ भदौसम्मका लागि खाद्यान्न, पानी, ग्याँस र औषधीपसल बाहेक सबै सेवा बन्द हुने जनाएका छन्।
यी सेवाहरू दिउँसो ११ देखि १ बजेसम्म खोल्न पाइने छ।
यस्ता छन् निषेध गरिएका गतिविधिहरू:
(क) नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण व्यवसायहरू बन्द गर्ने गराइने छ। अति आवश्यक सामाग्रीका पसलहरू (खाद्यान्न, पानी, ग्याँस र औषधीपसल) दिनको ११ बजेदेखि १ बजेसम्म खोल्न पाइने छ।
(ख) नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायात संचालन बन्द गर्ने गराइने छ। अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने छ।
(ग) जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट मिति २०७७/४/३० मा निषेध गरिएका सम्पूर्ण गतिविधिहरू पूर्ण रुपमा पालना गर्न गराउन मध्यपुर थिमि नगरवासीहरूलाई अनुरोध गर्दै आवश्यक कदम चलाउने छ।