लज्जास्पद हारसहित बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न सेमिफाइनलमा
यूरोपियन च्याम्पियन्स लिगको क्वाटर फाइनलबाट बार्सिलोना बायर्नसँग लज्जास्पद पराजयसहित बारिएको छ। बायर्नले गोलकाे वर्षा नै गर्दा बार्सिलोना ८–२ अन्तरले पराजित भयो।
खेलको चौँथो मिनेटबाट अग्रता लिएको बायर्नले पहिलो हाफमै ४-१ को अग्रता लिएको थियो। सातौं मिनेटमा आत्मघाती गोल उपहार पाएको बार्सिलोना लयमा फर्कन सकेन। बायर्नका लागि थोमस मुलर फिलिप्पे कोटिन्होले दुई–दुई गोल गरे।
३१औं मिनेटमा इभान पेरिसिकले बायर्नका लागि दोस्रो गोल गरे। सर्च नाब्रीले २७औं मिनेट र फेरि थोमस मुलरले ३१औं मिनेटमा गोल गर्दै पहिलो हाफमा फराकिलो अग्रता बनाएको थियो।
दोस्रो हाफको ५७औं मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरे। यसबेला चार–दुई गोल अन्तरले बार्सिलोना पछाडि परेको थियो।
त्यसपछाडि जोसु किमिचले ६३औं मिनेटमा फेरि बार्यनका लागि गोल गरे। यो सिजनमै उच्च लयमा रहेका रोबर्ट लेवान्डोस्कीले ८२औं मिनेटमा गोल गरे। उनको यो सिजनको च्याम्पियन्स लिगमा यो १४औं गोल हो।
७५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका ब्राजिलियन स्ट्राइकर फिलिप्पे कौटिन्होले ८५औं र ८९औं मिनेटमा लगातार गोल गर्दै बार्यनलाई शानदार जित दिलाए। जितसँगै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।
विश्व स्टार लियोनल मेसी कप्तानीको स्पेनिस क्लब बार्सिलोना भने लिगबाट बाहिरिएको छ। अब शनिबार राति क्वाटर फाइनलको अन्तिम खेल लियोन र म्यानचेस्टर सिटी बीच हुनेछ। जित्ने टीमसँग फाइनलका लागि बार्यनले खेल्नेछ।