दिल्लीको तापक्रममा वृद्धि
भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको तापक्रम उच्च वृद्धि भएको छ ।
नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोयडा, गाजियाबाद लगायत ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक तापक्रम वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।
मौसम विभागले दिएको जानकारी अनुसार बिहीबार बिहानको तापक्रम ३१ डिग्री सेल्सियस थियो भने शुक्रबार बिहानको तापक्रम अझ बढेर ३२ डिग्री सेल्सियस पुगेको थियो ।
मार्च महिनाको अन्त्यसम्ममा यस क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरूले गरेका छन् । उनीहरूले अप्रिलको दोस्रो हप्तासम्ममा त्यो तापक्रम बढेर ४० डिग्रीसम्म पुग्न सक्ने बताएका छन् ।
तापक्रम वृद्धिसँगै वायुको गुणस्तर पनि कमजोर हुँदै गएको छ । दिन प्रतिदिन वायुको गुणस्तर खस्किदै गएको अधिकारीहरूले जनाएका छन् ।
खस्किएको वायुको गुणस्तर र तापक्रमको वृद्धिले बालबालिका र वृद्धवृद्धाहरूलाई बढी असर पर्ने विज्ञहरूले बताएका छन् ।