च्याम्पियन्स लिगको क्वाटरफाइनमा एटलेटिको विरुद्ध भिड्दै लाइपजिग
च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा दोस्रो खेल हुँदैछ। बिहीबार राति पौने एक बजेबाट शुरु हुने खेलमा आरबी लाइपजिग विरुद्ध एटलेटिको मड्रिड भिड्दैछ।
लाइपजिग च्याम्पियन्स लिगमा पहिलो पटक स्पेनिस क्लब विरुद्ध मैदान उत्रन लागेको हो। जर्मन क्लब लाइपजिग र एटलेटिको दुवै टीमले अहिलेसम्म उपाधि जित्न सकेको छैन। स्पेनिस क्लबहरु रियल मड्रिड र बार्सिलोनाले १८ पटक उपाधि जितिसकेको छ। तर, एटलेटिकोले अहिलेसम्म उपाधि जित्न सकेको छैन।
लाइपजिगले टोटनहामलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो भने एटलेटिको मड्रिडले डिफेन्डिङ च्याम्पियन लिभरपुल विरुद्ध नाटकीय जित निकालेको थियो। च्याम्पियन्स लिगको पहिलो खेलमा पीएसजी एटलान्टा विरुद्ध सनसनीपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।