काठमाडौंमा मात्रै १११ जनामा संक्रमण पुष्टि, उपत्यकामा संक्रमित संख्या १५७५ पुग्यो
बितेको २४ घण्टामा सवैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, काठमाडौंमा मात्रै १११ जनामा संक्रमण पुष्टि भएको छ।
ललितपुरमा ११ र भक्तपुरमा पाँच जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकाका तीन जिल्लामा १२७ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार १३८ जनामा संक्रमण पुष्टि भएको थियो।
बिहीबार थपिएको सहित राजधानीमा संक्रमित संख्या १५७५ पुगेको छ। देशभर भने २४ घण्टामा थप ५२५ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं पछाडि सवैभन्दा बढी मोरङमा संक्रमित थपिएका छन्। मोरङमा २४ घण्टामा ८८ जनामा संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएको सहित नेपालमा संक्रमित संख्या २४ हजार ९५७ पुगेको छ।
तर, २४ घण्टामा १०९ जना संक्रमित मात्रै निको भएर घर फर्किएका छन्। मन्त्रालयले संक्रमित निको हुने संख्या १६ हजार ८३७ पुगेको जानकारी दिएको छ। यो कुल संक्रमित मध्ये ६८.५ प्रतिशत हो। अझै आठ हजार २५ जना संक्रमित उपचारत छन्।
त्यस मध्ये सवैभन्दा बढी प्रदेश २ मा छन्। प्रदेश २ मा तीन हजार ५८९ जना संक्रमितको उपचार भइरहेको छ। प्रदेश २ मा ७२५, बागमती प्रदेशमा एक हजार सात सय तीन, गण्डकी प्रदेशमा २४५, प्रदेश ५ मा ६८०, कर्णाली प्रदेशमा २१६ र सुदुरपश्चिम प्रदेशमा ८७० संक्रमित उपचारत छन्।