सनसनीपूर्ण जित निकाल्दै पीएसजी च्याम्यियन्स लिगको सेमिफाइनलमा
यूरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने पहिलो टीम पीएसजी बनेको छ। एटलान्टा विरुद्ध सनसनीपूर्ण जित निकाल्दै पीएसजी सेमिफाइनल पुग्ने पहिलो टीम बनेको हो।
पहिलो हाफको २६औं मिनेटमै अग्रता लिएको एटलान्टालाई दुई–एक गोल अन्तरले पराजित गर्दै पीएसजी सेमिफाइनल प्रवेश गरेको छ। २६औं मिनेटमा पालासिकले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए।
तर, खेलको अन्तिम मिनेटसम्म कुनै टीमबाट पनि गोल थप गोल हुन सकेको थिएन। पीएसजीले १५औं पटकसम्म प्रहार गरिसक्दा पनि गोल हुन सकेको थिएन। तर, ९०औं मिनेटमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याए।
अन्तिम मिनेटमा रोकिन नसक्दा एटलान्टाले जितिसकेको खेल बराबरीतर्फ धकेलियो। निर्धारित समय सकिएपछि थपिएको इन्जुरी समयको तेस्रो मिनेटमा फेरि पीएजीका लागि चौपो मोटिङले गोल गरे। उनको गोल सँगै पीएजसीले स्टाडियो मैदानमा गुमाइसकेको खेलमा सनसनी जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ।
सनसनीपूर्ण जित निकाल्दा पीएसजीले दुई मिनेट २९ सेकेण्डको फरकमा गोल गरेको हो। पीएसजीको सनसनीपूर्ण जितमा दुई विश्व स्टार नेयमार र एम्बाप्पेले असिस्ट गरेका थिए। पहिलो खेलमा नेयमार र दोस्रो गोलमा एम्बाप्पेले असिस्ट गरे।
२५ वर्ष पछाडि पहिलाे पटक पीएसजी सेमिफाइन पुगेकाे हाे। सन् १९९५ पछाडि पीएसजी सेमिफाइनल पुगेकाे थिएन।
क्वाटर फाइनलको बाँकी खेलहरुमा बिहीबार राति लेपजिङ विरुद्ध एटलेटिको मड्रिड, शुक्रबार राति बार्सिलोन बिरुद्ध बार्यन र शनिबार राति म्यानचेस्टर सिटी विरुद्ध लियोन भिड्दैछ।