स्वचालित पेशी व्यवस्थापनबारे अध्ययन गर्न सर्वोच्चले बनायो समिति
सर्वोच्च अदालतले स्वचालित प्रविधिबाट पेशी व्यवस्थापन गर्नेबारे अध्ययन गर्न वरिष्ठ न्यायाधीशको नेतृत्वमा एक समिति बनाएको छ।
न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वको समितिमा न्यायाधीशहरू हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ तथा सर्वोच्च अदालतका रजिस्ट्रार, नायव महान्यायाधिवक्ता, नेपाल बार एशोसिएशनका अध्यक्ष र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष, सदस्य रहने छन्। त्यस्तैगरी सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखाका सह-रजिष्ट्रार सदस्य सचिव रहनेछन्।
समितिले स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनहरु समेतको अध्ययन गरी त्यस्तो पद्दती लागू गर्नेबारे सुझावसहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्ने छ।
सर्वोच्च अदालतमा पेशी तोक्ने क्रमदेखि नै चलखेल शुरू हुने गरेको भन्दै स्वचालित आधारमा पेशी तोक्ने व्यवस्था गर्न लामो समयदेखि माग हुँदै आएको थियो।