बाँकेमा सिल गरिएका क्षेत्र खोल्ने, निषेधाज्ञा शुक्रबारसम्म लम्ब्याइयो
बाँके जिल्लामा लगाइएको निषेधाज्ञालाई आगामी शुक्रबारसम्म थप गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गबाङ्गका अनुसार नेपालगञ्जमा सिल गरिएको क्षेत्र भने हटाउने निर्णय भएको छ।
आज बसेको कोरोना संकट व्यवस्थापन जिल्ला समन्वय समिति बाँकेको बैठकले निषेधाज्ञालाई लम्ब्याउने र सिल गरिएको क्षेत्र हटाउने निर्णय गरेको हो।
कोरोना संक्रमितहरूको संख्या लगातार वृद्धि भएपछि बाँकेमा गत शनिबार राती १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ।