ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु
सोमबार कोरोना भाइरसको संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)को तथ्यांक शाखाका कर्मचारीका अनुसार ललितपुरको महालक्ष्मीथानस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको हो।
सोमबार बिहान मृत्यु भएका उनी ५० वर्षिया पुरुष हुन्। ईडीसीडीका अनुसार उनी काभ्रेको पाँचखालका स्थानिय भएको खुलेको छ। उनी निमोनिया र स्वासप्रस्वासका बिरामी थिए।
सोमबार मात्र काठमाडौं उपत्यकामा कोरोना भाइरसका कारण यसअघि दुई जनाको मृत्यु भइसकेको छ।