उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित
सोमबार उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ३६ जना, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो।
सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ।
साथै सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ। त्यस्तै उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन्।