जुम्ला जिल्ला सेक्रेटरीसहित विप्लवका तीन कार्यकर्ता पक्राउ
नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले नेकपाका जिल्ला सेक्रेटरीसहित अन्य तीनजा कार्यकर्तालाई पक्राउ गरेको हो।
मुगुको सोरु गाउँपालिका वडा नम्वर ६ घर भएका जुम्ला जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम, हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सोही गाउँपालिकाका सपना बुढालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
वरिष्ट उपरिक्षक बास्तोलाका अनुसार पक्राउ परेका विप्लवका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै सदस्यता फारम, विप्लव सम्बन्धीका किताब र विभिन्न जनप्रतिनिधिहरुको नामावली समेत समेत बरामद गरिएको छ।
लक्ष्मी भण्डारी