बेलायतमा दुई महीनापछि एक दिनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिए
बेलायतमा कोरोनाभाइरसको संक्रमण फेरि बढेको छ। आइतबार त्यहाँ १ हजार ६२ नयाँ संक्रमित भेटिएका छन्।
यो संख्या जून महीनापछि एक दिनमा संक्रमित भेटिएका सबैभन्दा बढी हो। यसले बेलायतमा संक्रमणको दोस्रो चरण शुरु हुने चिन्ता बढाएको छ। यो तथ्यांक यस्तो वेला आएको छ, जति वेला त्यहाँका केही क्षेत्रमा स्थानीय बन्दाबन्दी गरिएको छ।
एक दिनअघि बेलायतमा ७ सय ५८ जनामा संक्रमण देखिएको थियो।
त्यहाँ कुल संक्रमितको संख्या ३ लाख १० हजार ८२५ पुगेकोमा ४६ हजार ५ सय ७४ जनाको मृत्यु भइसकेको छ।
विश्वमा कोरोना संक्रमणबाट प्रभावित मुलुकहरुमध्ये बेलायत १२औं स्थानमा छ। - एजेन्सी