गोंगबुमा टाउको काटिएको अवस्थामा पुरुषको शव भेटियो
काठमाडौं गोंगबुको गणेशस्थान नजिकै एक पुरुषको शव भेटिएको छ। गोंगबु चोकबाट गणेशस्थान जाने बाटोमा सुटकेसमा टाउको विनाको शव भेटिएको हो। सुटकेसभन्दा केही पर टाउको भेटिएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार, मृतक अन्दाजी ४०/४५ वर्षका छन्।
सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाए लगत्तै प्रहरी उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेको थियो। तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो।
शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।
घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ।