च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा (तालिका सहित)
शनिबार राति दुई खेल सकिएपछि च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनलको खेल भने बिहीबारबाट शुरु हुनेछ।
क्वाटर फाइनलको पहिलो खेल एटलान्टा विरुद्ध पीएसजीले खेल्दैछ। डर्टमुन्डलाई हराउँदै पीएसजी क्वाटरफाइनलमा पुगेको हो। शनिबार राति भने बार्सिलोनाले नापोलीलाई र बार्यनले चेल्सीलाई पराजित गरेको थियो। चेल्सी विरुद्ध सात–एक गोल अन्तरको फराकिलो जित निकालेको बार्यनले शनिबार राति बार्सिलोनासँग भिड्नेछ।
शुक्रबार राति लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनल पुगेको एटलेटिको मड्रिडले टोटनहामलाई पराजित गरेको आरबी लेपजिङ भिड्दैछ। क्वाटर फाइनलको अन्तिम खेल भने म्यानचेस्टर र लियोन भिड्नेछ। सिटीले रियल मड्रिडलाई र यूभेन्टसलाई पराजित गर्दै लियोन क्वाटरफाइनलमा प्रवेश गरेको हो।
च्याम्पियन्स लिगमा सर्वाधिक उपाधि बिजेता रियल मड्रिड प्रतियोगिताबाट बाहिरिसकेको छ। मड्रिड १३ पटक उपाधि बिजेता क्लब हो।
सात पटक उपाधि जितेको क्लब इन्टर मिलान र ६ पटक उपाधि जितेको क्लब लिभरपुल पनि लिगबाट बाहिरिसकेको छ। पाँच–पाँच पटकको उपाधि बिजेता बार्सिलोना र बार्यन बीचको क्वाटर फाइनल खेल रोचक हुनेछ।