गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ
गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। गएको १४ साउनमा एउटै कार्यक्रममा सहभागी भएका प्रदेश–२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई संक्रमण पुष्टि भएपछि गृहमन्त्री थापाले कोरोना परीक्षण गराएका हुन्।
गृहमन्त्री थापाको रिपोर्टमा संक्रमण नदेखिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार नै रिपोर्ट आइसकेको छ। प्रधानमन्त्री ओली, कानून मन्त्री शिवमाया तुम्बाहाङ्फे, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित प्रधानमन्त्री ओलीका सचिवालयका सवैले परीक्षण गराएका थिए।
सवैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मन्त्री यादवलाई कोरोना संक्रमण भएपछि अन्य प्रदेशका मन्त्रीहरुले पनि परीक्षण गराएका छन्। प्रहरी व्यवस्थापनबारेको कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्री र सातै प्रदेशका मन्त्रीहरु एउटै कार्यक्रममा सहभागी भएका थिए।