च्याम्पियन्स लिगमा रियलविरुद्ध म्यान सिटीको लगातार जित, बाहिरियो युभेन्टस
च्याम्यिन्स लिगमा गएराति भएका दुई खेलमा म्यानचेस्टर सिटी र युभेन्टस विजयी भएका छन्। जितपछि सिटी क्वाटरफाइनल पुगेको छ। तर, हिजोको जितका बापजुद युभेन्टस पहिलो लेगको आधारमा समग्रमा लियोनसँग पराजित भएपछि लिगबाट बाहिरिएको छ।
पहिलो खेलमा सिटीले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ। रियलले भर्खरै मात्र ला लिगाको उपाधि जितेको छ।
सिटीका तर्फबाट नवौँ मिनेटमा स्टर्लिङले गोल गरेका थिए। तर, २८औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए। ६८औँ मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी विजयी भयो।
पहिलो लेगमा पनि सिटी २-१ गोलले नै विजयी भएको थियो। समग्रमा सिटीले क्वाटरफाइनल पुग्न ४-२ को जित निकाल्यो।
उता अर्को खेलमा क्रिश्चियानो रोनाल्डोको दुई गोलमा इटालियन लिग च्याम्पियन युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २-१ गोल अन्तरले पराजित गरेको छ। तर, पहिलो लेगमा विजयी लियोन हिजोको खेलमा गरेको एक मात्र अवे गोलका आधारमा विजयी भएको छ। हिजोको खेलपछि समग्रमा २-२ गोल भएको छ।
हिजो डिपाएले १२औँ मिनेटमै पेनाल्टीबाट गोल गरेर लियोनलाई अघि बढाएका थिए। तर, रोनाल्डोले ४३ र ६०औँ मिनेटमा गोल गरेर जित दिलाए। ६०औँ मिनेटमा उनले पेनाल्टी गोल गरेका थिए। जितका बाबजुद समग्रमा भने युभेन्टसको हार भयो।
उक्त खेलमा रेफ्रीले नौ वटा पहेँलो कार्ड देखाएका थिए। जसमध्ये सात वटा लियोन र दुई वटा युभेन्टसका खेलाडीले पाए।