जनैपूर्णिमामा बौद्ध लामाको विचलन
जनैपूर्णिमामा रक्षाबन्धन बाँध्न ब्राह्मणहरुको भीडमा तिब्बती लामाहरु पनि अघि सर्नु बौद्ध धर्म संस्कृतिको पालनामा देखिएको विचलन हो।
हिन्दू धर्मावलम्बीले हरेक वर्ष विधिपूर्वक धारण गर्ने नयाँ जनै तथा रक्षाबन्धनमा विशिष्ट धार्मिक आस्था र आफ्नै दार्शनिक मूल्यमान्यता निहित छ। जनै नलगाउने ब्राह्मणले पनि रक्षाबन्धन लगाउने गरेको पनि देखिन्छ। रक्षाबन्धन लगाउने यो संस्कृति स्थान विशेष अनुसार अन्य जातिमा पनि फैलिएको छ। तराईमा दिदीबहिनीले दाजुभाइको रक्षाका लागि रक्षाबन्धन लगाइदिने प्रचलन छ।
जनै लगाउने र रक्षाबन्धन गर्ने हिन्दू परम्परामा केही वर्षयता तिब्बती बौद्ध लामाहरु पनि देखिन थालेका छन्। यी लामाहरुले जनै नै लगाइदिएको नदेखिए पनि ब्राह्मणहरुसँगै बसेर हातमा डोरी बाँधिरहेको भने पटकपटक देखिएको छ।
धार्मिक सद्भाव, समन्वय वा यस्तै कुनै तर्क मार्फत यसलाई अथ्र्याउन त सकिएला तर धार्मिक तथा सांस्कृतिक अर्थमा यो सुहाउँदो कार्य होइन।
जनै लगाउने र रक्षाबन्धन गर्ने हिन्दू परम्परामा केही वर्षयता तिब्बती बौद्ध लामाहरु पनि देखिन थालेका छन्। यी लामाहरुले जनै नै लगाइदिएको नदेखिए पनि ब्राह्मणहरुसँगै बसेर हातमा डोरी बाँधिरहेको भने पटकपटक देखिएको छ।
अशुभ नहोस्, रोगव्याधीले दुःख नदेओस् भन्ने कामना गर्दै बौद्ध धर्ममा परित्राण पाठ गर्ने चलन छ। परित्राण पाठका बेला सबैलाई धागो समाउन दिइन्छ र पछि सोही धागो काटेर हातमा लगाउने गरिन्छ। यो कुनै तिथि वा दिन विशेष मनाइने नभई वर्षैभरि हुनसक्छ।
याे पनि पढ्नुहाेस्– आज ब्यांजा नकेगु अर्थात् भ्यागुतालाई भात खुवाउने दिन !
जनैपूर्णिमाका दिन तिब्बती लामाहरुले त्यही धागो बाँधेको भनेर तर्क वा बचाउ गर्ने बौद्धहरु पनि छन्। तर, यही तर्कमा पनि दम देखिन्न। किनकि परित्राणको प्रचलन बौद्ध समाजमा गौतम बुद्धकै समयमा नभई हिजोआजमात्रै विकास भएको हो। र, यस्तो प्रचलन पनि थेरवादी बौद्ध सम्प्रदायमा मात्र देखिएको छ। त्यसैले जनैपूर्णिमाका दिन धागो बाँध्न आउने लामाहरुको तात्पर्य परम्परा नभई दानदक्षिणा संकलन गर्नु मात्रै रहेको बुझिन्छ।
सामान्यतः निश्चित आकार प्रकारको रातो रङको लुगा लगाउनेलाई भिक्षु भन्ने बुझाइ छ। र, उनीहरुलाई लामा शब्दबाट सम्बोधन गरिन्छ। तर, भिक्षु र लामामा तात्विक भिन्नता छ।
तिब्बती शब्द ‘लामा’को सामान्य अर्थ ‘गुरु’ हो। भिक्षुको तिब्बती शब्द ‘घेलुं’ वा ‘घेलोङ’ हो। ‘घेलुं’ वा ‘घेलोङ’हरु जान्नेबुझ्ने पनि भएकाले उनीहरुलाई लामा भनेरै सम्बोधन गरिन्छ। त्यसैले सबै लामा भिक्षु (घेलुं वा घेलोङ) होइनन् तर सबै भिक्षुलाई लामा भनेर आदरसम्मानका दिइन्छ।
जनैपूर्णिमाका दिन तिब्बती लामाहरुले त्यही धागो बाँधेको भनेर तर्क वा बचाउ गर्ने बौद्धहरु पनि छन्। तर, यही तर्कमा पनि दम देखिन्न। किनकि परित्राणको प्रचलन बौद्ध समाजमा गौतम बुद्धकै समयमा नभई हिजोआजमात्रै विकास भएको हो।
थर विशेषका रुपमा पनि लामा प्रचलनमा रहेको पाइन्छ। रातो लुगा पनि चीवर नै हुन् तर भिक्षु (घेलुं वा घेलोङ) र अन्यले लगाउने लुगा केही फरक पारेर सिलाइएको हुन्छ। चीवरलाई बौद्ध धर्मको प्रतीकका रुपमा पनि लिने गरिन्छ र यसलाई सामान्य उपासकले पनि कहिलेकाहिँ लगाएको देख्न सकिन्छ।
भिक्षुको मौलिक जीवनचर्या भिक्षुक जीवन हो र व्यक्ति वा समाजबाट भिक्षा पाएबापत आफूले जानेबुझेको कुरा अरुलाई सिकाउने हो। गौतम बुद्धको जीवन पनि यसरी नै बितेको थियो। तर, भिक्षु र भिखारीमा मौलिक भेद हुन्छ।
भिक्षुहरु दीनहिन भावमा भिक्षा मागेर बस्दैनन्। भिक्षु स्वभावतः अल्पेक्षु हुन्छन्। उपासकहरु उनीहरुप्रति आदरभाव प्रकट गर्दै आफै दान दिन सरिक हुन्छन्। बौद्ध धर्ममा दान दिनु र लिनुलाई तृष्णा क्षय गर्ने अभ्यासका रुपमा पनि लिइन्छ।
धार्मिक सम्प्रदायहरु स्वभावतः एकअर्कासँग भिन्न हुन्छन्, बेग्लै पहिचान कायम गर्न अग्रसर हुन्छन्। एउटै धार्मिक सम्प्रदायभित्र पनि विभिन्न उपसम्प्रदायबीच प्रतिस्पर्धा हुने तथा प्रभावविस्तारका लागि अनेक उपाय अबलम्बन गरिरहेका हुन्छन्।
धार्मिक सम्प्रदायहरु स्वभावतः एकअर्कासँग भिन्न हुन्छन्, बेग्लै पहिचान कायम गर्न अग्रसर हुन्छन्। एउटै धार्मिक सम्प्रदायभित्र पनि विभिन्न उपसम्प्रदायबीच प्रतिस्पर्धा हुने तथा प्रभावविस्तारका लागि अनेक उपाय अबलम्बन गरिरहेका हुन्छन्।
याे पनि पढ्नुहाेस्– सतीप्रथा: राजनीतिक दाउपेच र षड्यन्त्रको उपज
बौद्ध धर्मको इतिहासमा यसले आफ्नो धर्म विस्तारमा कसैमाथि हस्तक्षेप वा दवाव नभई प्रचारप्रसारमार्फत बोध गराउने र श्रद्धा जगाउने नीति लिएको पाइन्छ। विपक्षीसँग शास्त्रार्थ गर्ने तथा अन्यसँग वादविवाद, विचार विमर्श पनि बुद्धकै समयदेखि प्रचलित काइदा हो। तर जनैपूर्णिमाका दिन रातो चीवर लगाएर रक्षाबन्धन गरेजस्तै हातमा धागो बाँध्ने कार्य संस्थागत होइन।
आर्थिक प्रलोभनमा परेर यस्तो कार्यमा सरिक हुनु बौद्ध चरित्र होइन। यसलाई हिन्दू धर्मको विस्तार वा लोकप्रियता पनि भन्न सकिन्न किनभने यसले हिन्दु धर्मको संवेदनशीलतालाई पनि बल दिएको छैन।