च्याम्पियन्स लिगमा आज दुई खेल, रियल मड्रिड र यूभेन्टस दबाबमा
यूरोपियन च्याम्पियन्स लिगमा आज दुई खेल हुँदैछ। इंग्यिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग भिड्दैछ।
क्वाटर फाइनल प्रवेश गर्न मड्रिडले सिटीलाई कम्तिमा दुई गोल अन्तरले पराजित गर्नुपर्नेछ। च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब मड्रिड पहिलो लेगमा १–२ गोल अन्तरले पछाडि परेको छ। सिटीलाई हराउँदै क्वाटर फाइनलमा स्थान बनाउन मड्रिडले आजको खेलमा दुई गोलको अन्तर निकाल्नुपर्नेछ।
१३ पटकको उपाधि विजेता मड्रिडलाई यो नतिजा सहज छैन। खेल आज राति पौने एक बजे शुरु हुनेछ।
यही समयमा अर्को खेल पनि हुनेछ। लियोन विरुद्ध यूभेन्टस भिड्दैछ। पहिले लेगमा ०–१ गोल अन्तरले पछाडि परेको यूभेन्टसलाई पनि क्वाटर फाइनलमा स्थान बनाउने कम्तिमा दुई गोल अन्तरले आवश्यक छ।
एटलान्टा र पीएसजी तथा आरबी लेपजिङ र एटलेटिको मड्रिडले क्वाटर फाइनलमा स्थान बनाइसकेको छ। आजको खेलबाट दुई टीम क्वाटर फाइनलमा पुग्नेछ भने बाँकी दुई टीमका लागि बार्सिलोना र नापोली तथा बार्यन र चेल्सीबीच आइतबार खेल हुनेछ।