नेकपा अध्यक्ष दाहालको परिवार र सचिवालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसहित उनका परिवारका सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
अध्यक्ष दाहालको सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि परिवार र सचिवालयका अन्य सदस्यको कोरोना परीक्षण गरिएको थियो।
दाहालकी निजी सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत ५३ जनाको जाँच गर्दा ६ जनाको पोजेटिभ आएको बताएकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, 'अध्यक्षलगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ। उक्त ६ जना बाहेक हामी सबैको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु।”