थप ३६० जनामा संक्रमण पुष्टि, २३३ डिस्चार्ज
बितेको २४ घण्टामा थप ३६० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण थपिनेमा सवैभन्दा बढी राजधानी उपत्यकाको काठमाडौं रहेको छ। काठमाडौंमा ७६ जनामा संक्रमण पुष्टि भएको छ।
बढी प्रभावित बनेको पर्सामा आज ४२ जनामा संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएको सहित नेपालमा संक्रमित संख्या २१ हजार ७५० पुगेको छ। गएको २४ घण्टामा २३३ जना डिस्चार्ज भएका छन्।
यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार २८९ पुगेको छ। संक्रमणबाट निको भएर फर्कनेको यो ७०.५१ प्रतिशत हो।
निको भएर घर फर्कने भन्द बढी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिले देशभर ६ हजार २९६ जना संक्रमित उपचारत छन्। त्यस मध्ये सवैभन्दा बढी प्रदेश २ मा छ। प्रदेश २ मा दुई हजार ६९३ छन्। प्रदेश १ मा ३५५, बागमती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश ५ मा ३७७, कर्णाली प्रदेशमा २६३ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४९० जना संक्रमित उपचारत छन्।
मन्त्रालयका अनुसार, अहिले नौ हजार ४७० जना क्वारेन्टिनमा छन्। संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ।