उपत्यकामा संक्रमण दर बढ्यो, अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुनसक्ने मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेकाले अस्पतालको अभाव हुनसक्ने जनाएको छ।
बिहीवार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमण भयावह बन्दै गएकाले सुरक्षा सतर्कता अपनाउन आम सर्वसाधारण तथा विभिन्न क्षेत्रमा कार्यरत व्वक्तिहरूलाई अनुरोध गरे।
मन्त्रालयले संक्रमणको दर बढ्दै गएकाले उपत्यकामा अस्पताल र स्वास्थयर्कमीको अभाव हुनसक्ने जनाएको छ। साथै अस्पतालहरूलाई कर्मचारीलाई शिफ्टमा काम गराउन र स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न तथा लकबुक बनाएर राख्न समेत अनुरोध गरेको छ।
मन्त्रालयले सरकारी वार निजी जस्तोसुकै कार्यालयमा पनि बैठक, सेमिना र वा भेला नगर्न र अत्यन्तै जरूरी भएको खण्डमा भर्चुअल बैठक गर्न अनुरोध गरेको छ।
साथै काठमाडौं उपत्यकालगायत सीमानाका क्षेत्रमा प्रदेश, स्थानीय तह लगायत निकायले सावधानी अपनाउनका लागि वातावरण बनाउन पनि अनुरोध गरेको छ।
कोरोना परीक्षणका लागि स्वाब दिइसकेपछि रिपोर्ट नआएसम्म अनिवार्य क्वारेन्टिनमा बस्न पनि अनुरोध गरेको छ ।