खनाल र नेम्वाङ सहित बस्ने भनिएको ओली–दाहाल छलफल स्थगित
आज साँझ ५ बजे तय भएको नेकपाका दुई अध्यक्ष बीचको छलफल स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भोलि बिहान बस्नेगरी छलफल स्थगित भएको जानकारी दिए।
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बीच १८ साउनदेखि दिनहुँ छलफल हुँदै आएको थियो। दाहालसँग बरिष्ठ नेता झलनाथ खनाल र ओलीसँग संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुँदै आएका छन्।
तर, सहमति जुट्न नसक्दा जारी स्थायी कमिटी बैठक अनिश्चित हुँदै आएको छ। ओली र दाहलाले स्थायी कमिटी बैठकबारे छुट्टा–छुट्टै निर्णय लिएपछि बैठक अनिश्चित बनेको छ।
जारी स्थायी कमिटीलाई नै निरन्तरता दिने पक्षमा दाहाल समूह छन् भने सचिवालय बोलाएर सहमति जुटाउनुपर्ने पक्षमा ओली समूहले अडान लिएका छन्।